केरुङ-काठमाडौं रेलमार्ग निर्माणमा कसले गर्छ लगानी?

काठमाडाैं । केरुङ-काठमाडौं रेलमार्ग अन्तर्गत नेपालतर्फको खण्डको निर्माण आफ्नै लगानीमा अघि बढाउने तयारीमा सरकार जुटेको छ । करिब तीन खर्ब रुपैयाँ लाग्ने महत्त्वाकाङ्क्षी भनिएको रेलमार्ग अन्तर्गत नेपालतर्फको खण्डको निर्माण आफ्नै लगानीमा भए पनि अघि बढाउने तयारीमा सरकार जुटेको हो ।

नेपाल-चीनबीच पारवहन तथा अन्तरदेशीय रेल्वे निर्माण सम्झौता अन्तर्गतको उक्त खण्ड चीनले बनाइदिने सम्भावना कम भएकोले नेपालले सहुलियत दरको ऋण जस्ता विकल्प खोजी गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताए । विज्ञहरूले भने त्यति ठूलो रकम ऋण लिनुअघि योजनाको अध्ययन गर्न सरकारलाई सुझाएका छन् । केरुङ-काठमाडौं रेलमार्ग निर्माणका निम्ति करिब तीन खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान चिनियाँ पक्षले गरे पनि त्यो पूर्णतया अनुदानमा बन्ने वा नेपालले गर्ने भन्ने विषयमा दुवै देशका सरकार अझसम्म निर्णयमा पुगेका छैनन् ।

यद्यपि रेलमार्ग चीनको अनुदानमा मात्रै बन्ने सम्भावना कम हुन सक्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठको भनाई छ । ‘अनुदान आउन पनि सक्छ र नआउन पनि सक्छ । तर एउटा कुरा पक्का के छ भने नेपाल सरकार जुनसुकै प्रारुपमा गएर पनि रेल सञ्चालन गर्छ ।’ मन्त्री महासेठले भने, ‘त्यो कम ब्याजदरको ऋण पनि हुन सक्छ । अनुदान वा सरकारको आफ्नो लगानी पनि हुन सक्छ ।’

७२ किलोमिटर लामो उक्त रेलमार्गमा नेपालको रसुवागढीबाट केरुङसम्म चिनियाँ भाग पर्दछ । उक्त योजनामा काम गरिरहेका नेपाल र चिनियाँ प्राविधिक टोलीबीच काठमाडौं डेढ महिनापछि अर्को छलफल हुने र त्यसबाट लगानीको ढाँचाबारे स्पष्ट हुने मन्त्री महासेठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न …

प्रतिकृया दिनुहॊस