काठमाडौँमा मुख्यमन्त्री डोरमणि पौडेलको ‘शंकास्पद’ निवास

काठमाडाैं । मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौँडामा सरकारी निवासमा बस्छन्। संघीय राजधानी काठमाडौँमा उनकै लागि अर्को निवास छ। त्यो पनि सरकारी।

त्यसको रङरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरिदिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्। त्यही आइएनजीओ एसिया फाउन्डेसनको साहयोगमा उनी प्रदेशका १५ वर्षे आवधिक योजना उक्त घरबाट बनाउन लगाइरहेका छन्।

तीन तले घरको बीच तलामा प्रदेशको नीति तथा योजना आयोगका प्राविधिक त्यो काम गर्छन्। भैँसेपाटीस्थित आवास क्षेत्रमा रहेको नगर विकास समितिको भवन साउन १ गतेबाट उनलाई दिइएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस