‘समर लभ’को रिलिज मितिसहित फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडाैं । सुबिन भट्टराईद्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’को प्रदर्शन मिति निर्धारण भएको छ । निर्माण टिमले छायांकनमा निस्केको झन्डै १ वर्ष पछि ५ ओटा फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति तय गरेको हो ।

भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको हो । फिल्म रिलिजको ठिक ७ दिन पछि प्रेम दिवस छ । सार्बजनिक पोस्टरहरुमा फिल्मका मुख्य कलाकारहरू सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री फिचर छन् ।

‘नाई न भन्नू ल ३’ निर्देशन गरेका मुस्कान ढकाल निर्देशित समर लभबाट आशिष पिया र रेवती क्षेत्रीले यो फिल्मबाट नेपाली सिने उधोगमा नायक र नायिकाको रुपमा डेब्यु गर्दैछन् । आशिषले म्युजिक भिडियोमा अभिनय देखि केही बिज्ञापनहरुमा पनि काम गरेका छन् । रेवती भने भारतको मिस इन्टरनेसनल विजेता साथै ‘ग्याङग्स अफ नर्थवेस्ट’,’खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा अभिनयको अनुभव गरेकी छिन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । पुष्पन प्रधानको संगीत सञ्जय लामाको छायांकन रहेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस