लक्ष्मी पूजाको दिन विद्युतको माग घट्यो

काठमाडाैं । लक्ष्मी पूजाको दिन अघिल्लो वर्षको तुलनामा विद्युत माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको भार प्रक्षेपण केन्द्रका अनुसार बुधबार लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ५ मेगावाट मात्रै थियो ।

अघिल्लो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको माग ११ सय ६५ मेगावाट पुगेको थियो । अघिल्लो वर्षको तथ्यांकको आधारमा प्राधिकरणले यो वर्ष लक्ष्मी पूजाको दिन विद्युतको उच्चतम माग ११ सय ७० मेगावाट पुग्ने अनुमान गरेको थियो । तर, सोचेभन्दा कम विद्युत माग भएपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापनमा सहज भयो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष तिहार गर्मी र जाडोको बीचमा परेकाले विद्युत माग कम भएको अनुमान गरे । लक्ष्मी पूजाको दिन विद्युत माग उच्च हुने भएकाले प्राधिकरणलाई विद्युत प्रणाली व्यवस्थापनमा चुनौति हुने गर्छ । तर, यो वर्ष उच्चतम विद्युत माग घटेकाले व्यवस्थापनमा सहज भएको घिसिङले बताए ।

बुधबार साँझ ७ बजे विद्युतको उच्च माग हुँदा भारतबाट ३ सय २५ मेगावाट आयात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको आफ्नै आयोजनाबाट ४ सय ३९ मेगावाट र निजी ऊर्जा प्रवद्र्धकबाट ३ सय ४१ मेगावाट लिइएको प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस