ग्लोबल बैंकको मिसकल बैंकिङ सेवा

काठमाडाैं । ग्लोबल आइएमई बैंकले मिसकल बैंकिङ्ग सेवा सुरु गरेको छ । सेवालिन बैंकले उपलब्ध गराएका नम्बरमा मिसकल गर्नुपर्ने छ ।

बैंककाअनुसार खातामा रहेको मौज्दात रकमको जानकारी लिन ९८०१२३१२९४ मा, खाताको पछिल्लो ३ कारोबारको जानकारी लिन ९८०१२३१२९५ मा, मोबाइलमा १०० टपअप गर्न ९८०१२३१२९६ मा, क्रेडिट कार्डको पछिल्लो ३ कारोबारको जानकारी लिन ९८०१२३१२९७ मा, बैंकमा बुझाउने किस्ताको जानकारी लिन ९८०१२३१२९८ मा र कर्जाको जानकारी लिन ९८०१२३१२९९ मा मिसकल गर्नसकिने छ ।

उल्लेखित नम्बरमा फोन डायल गरेपछि १ घन्टीमा फोन काटिने छ । ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज पठाइने बैंकले जनाएको छ । बैंकका १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १५ राजश्व संकलन काउण्टर, १०३ शाखारहित बैंकिङ सेवा र ३ प्रतिनिधि-सम्पर्क कार्यालय छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालक समितिको ४८ औँ बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र …

प्रतिकृया दिनुहॊस