गुर्जा हिमाल चढ्न गएका ४ नेपालीसहित ८ को मृत्यु

काठमाडाैं । म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो । अर्का एकजना वेपत्ता छन् ।

हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ । घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ । पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिरको हो । हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको उक्त क्याम्प नै खसेको प्रहरीले जनाएको छ ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए ।

तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । ७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद्को अघिल्लो दिन कांग्रेस संसदीय दलको बैठक, के-के छन् एजेन्डा ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । शुक्रबार सुरु हुने बजेट अधिवेशनमा पार्टीले …

प्रतिकृया दिनुहॊस