कविन्द्र श्रेष्ठको ‘मायाँ मलाई…’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक कविन्द्र श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाँ मलाई…’ बोलको गीत लिएर उनी दर्शक तथा स्रोता माझ आएका हुन् ।

गीतमा शब्द तथा संगीत पनि कविन्द्र स्वयम्कै हो । स्काई ब्यान्डका ब्यान्ड मेम्बर कविन्द्रले भिडियो पनि निर्माण गरेका छन् । निराजन प्रधान र सुमी मोक्तान फिचर्ड भिडियो अभेस बज्राचार्यले खिचेका हुन् भने निर्देशन पासाङ लामा योञ्जनले गरेका छन् ।

‘डाँडैमा मेला लागेछ…’ बोलका गीतका गायक कविन्द्र ‘मायाँ मलाई…’ आफ्नो सांगीतिक जीवनमा कमब्याक भएको बताउँछन् । “बीचमा केही वर्ष सांगीतिक क्षेत्रबाट टाढा भएजस्तै भयो,” उनी भन्छन्, “यो गीतबाट फेरि म कमब्याक भएको छु । अब पुनः संगीतलाई निरन्तरता दिनेछु ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस