नेपालको फराकिलो जित, भुटान ३३ रनमा समेटियो

काठमाडौं । नेपाली बलरहरुले किफायती बलिङ गरेपछि आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको फराकिलो जित हात पारेको छ ।

१५१ रनको लक्ष्य पछ्याएको भुटानलाई नेपालले ३३ रनमै अलआउट गर्‍यो । नेपालको धारिलो बलिङ सामु खुलेर खेल्न नसकेको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर ३३ रन मात्र बनाउन सक्यो । १६ रन हुँदा ९ विकेट गुमाएको भुटानले दशौँ विकेटका लागि १७ रनको साझेदारी गरेको थियो ।

नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले ३-३ विकेट लिए । दुवै खेलाडीले ४ ओभर बलिङ गर्दा २/२ मेडन फाले । ललितले ४ र सन्दीपले ६ रन दिए ।  बसन्त रेग्मीले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर २ विकेट लिए। दीपेन्द्र सिंह ऐरी र शरद भेषावकरले १ विकेट लिए । भुटानका लागि तेन्जिङ वाङछुक जुनियरले सर्वाधिक ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो । नेपालका लागि ओपनर प्रदिप ऐरीले सर्वाधिक ७५ रन बनाए । अनिल शाहले २७ रन जोडे । लगातार चार खेल जित्दै ८ अंक जोडेको नेपाल एसिया रिजनल क्वालिफायरको दोस्रो चरणमा पुग्ने पक्का भएको छ । अब नेपाल समूह बी को क्वालिफायरमा चीन र सिंगापुरसँग खेल्न बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस