बेपत्ता भएका इन्टरपोलका प्रमुख चीनबाट पक्राउ

काठमाडाैं । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेङ होगवेई कानुन उल्लंघनको आरोपमा चीनमा पक्राउ परेका छन् । इन्टरपोलको मुख्यालय रहेको फ्रान्सको लियोन शहरबाट गत २५ सेप्टेम्बरदेखि बेपत्ता भएका भनिएका मेङ चीनमा पक्राउ परेका हुन् ।

चीनले कानुन उल्लंघनको आरोप लगाएको भए पनि त्यसबारे थप स्पष्ट पारेको छैन । उनीमाथि कस्तो कारबाही हुन्छ भन्ने पनि एकिन नभएको बताइएको छ । विश्वभरको प्रहरी संगठनको नेतृत्वकर्ता मेंग इन्टरपोलका लागि दुई पटक प्रमुखमा चयन भएका थिए ।

उनी बेपत्ता भएपछि उनकी पत्नीले आफ्ना पतीको जीउज्यानको सुरक्षाको माग गर्दै आएकी थिइन् । यसैबीच इन्टरपोलले मेङले प्रमुखबाट राजीनामा दिएको पनि जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस