नेपाल बंगलादेशसँग पराजित हुँदै उपविजेता

काठमाडाैं । नेपाल साफ यु-१८ महिला च्याम्पियनसिप फुटबलमा एेतिहासिक उपलब्धी हासिल गर्न असफल भएको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १-० ले पराजित भएपछि नेपाल पहिलो पटक फाइनल जित्ने मौका गुमाउँदै उपविजेतामै सिमित भएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशलाई उपाधि दिलाउन मासुरा प्रविनले दोस्रो हाफमा गरेको एकमात्र गोल निर्णयक भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४९ औं मिनेटमा प्रविनले निर्णायक गोल संभव बनाइन् । उपाधि जित्ने लक्ष्यसहित भुटान गएको नेपालले पाएको मौकामा गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।

पहिलो हाफमा बल पोजेसनमा पकड जमाएपनि नेपालले दोस्रो हाफमा सोहि लयलाई कायम राख्न सकेन् । यसअघि सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दे फाइनलमा स्थान पक्का गरेको थियो ।

त्यस्तै  बंगलादेशले भुटानलाई ४-० ले हराउँदै नेपालसँगको भेट पक्का गर्यो । च्याम्पियनसिपमा भारतले तेस्रो स्थान हासिल गरेको छ । आइतबार नै भएको खेलमा भुटानलाई १-० ले हराएर भारत तेस्रो भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोपा अमेरिकाको समूह चरणमा अर्जेन्टिनाको शत प्रतिशत जित

काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समूह …

प्रतिकृया दिनुहॊस