नागरिक लगानी कोषका लागि कार्यकारी निर्देशक खोज्दै अर्थ

काठमाडौं । अर्थ मन्त्रालयले खुला प्रतिष्पर्धाबाट नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । मन्त्रालयले कार्यकारी निर्देशक पदमा दरखास्तका लागि सोमबार सार्वजनिक सूचना जारी गरेको छ । कार्यकारी निर्देशकका लागि योग्य व्यक्तिले १५ दिन भित्र दरखास्त पेश गर्न कोषले सार्वजनिक सूचना जारी गरेको हो ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्क्र व्यवस्थापन, आर्थिक लगायतका विषयमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग, वाणिज्य, पुँजी बजार वा बैंकिङ क्षेत्रको कम्तीमा व्यवस्थापकीय तहमा काम गरेको वा निजी क्षेत्रको पुँजी बजार सम्बन्धी स।स्थाहरुको व्यवस्थापकीय तहमा कम्तिमा १५ वर्ष कार्य अनुभव भएकाले उक्त पदका लागि आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

आवश्यक कागजपत्रका साथै आवेदकले ५ हजार शब्दमा नबढ्ने गरि व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ । कार्ययोजना तोकिएको मितिमा प्रस्तुतीकरण गर्नु पर्नेछ । कार्यकारी निर्देशकको लागि हाल कोषमा नै कार्यरत निमित्त कार्यकारी निर्देशक शुशिलकुमार अर्याल आकांक्षी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस