प्यूठानमा विमानस्थल निर्माणमा ७७ करोडको योजना

प्यूठान । प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्यांकन गरी यसबारे स्थानीयबासीलाई जानकारी गराएको हो ।

स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रभाव मूल्यांंकन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६० दशमलब ७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव पर्नेसहित १३ घरधुरीका १ सय ७ जना विस्थापित हुनुपर्ने मूल्यांकनमा समेटिएको छ ।

आयोजना निर्माणका क्रममा ५५ दशमलब १८ हेक्टर वन अधिग्रहण गर्दा १८ प्रजातिका ६ हजार २ सय ५६ बिरुवा नोक्सान हुने वातावरण प्रभाव मूल्यांकन टोलीका प्रमुख डा महेन्द्रनाथ सुवेदीले बताए । यस्तै ० दशमलब ४ हेक्टर आवास लगायतका अन्य संरचनामा स्थायीरुपले असर पुग्ने उनले जानकारी दिए । वातावरण मूल्यांकन प्रभाव प्रतिवेदन सार्वजनिक भएसँगै आयोजनास्थलका प्रभावित बासिन्दाले उचित क्षतिपूर्ति बिना आफूहरु बस्दै आएको बसोबास नछोड्ने बताएका छन् ।

वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा अधिग्रहण गरिने निजी जमिनको प्रतिरोपनी ३ लाखका दरले क्षतिपूर्ति दिइने प्रस्ताव गरे पनि त्यो रकम आफूहरुका लागि न्यायोचित नभएको स्थानीयबासीको गुनासो छ । जमिन तथा भौतिक संरचनाको उचित क्षतिपूर्ति र रोजगारीको सुनिश्चित भएमा मात्रै आफूहरु जन्मथलो छोड्न तयार रहेको स्थानीयबासी भोजराज खड्काले बताए ।

प्रतिरोपनी ३ लाखका दरले क्षतिपूर्तिका लागि २ करोड ७७ लाख ५ हजार ६ सय २५, पुनर्वास र पुनः स्थापनाका लागि ३ करोड ३९ लाख ८१ हजार १ सय १० र क्षति हुन जाने अन्नबालीको ६७ हजार ६ सय ७७ गरी कूल ६ करोड १७ लाख ६२ हजार ४१२ खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाको कूल लागत ७७ करोडमध्ये वातावरणीय प्रभाव न्यूनीकरण, अनुगमन लगायतका २० दशमलब ६२ प्रतिशतबाट हुन आउने करीब १५ करोड ८८ लाख १७ हजार ८ सय २९ छुट्याइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस