इन्टर मिलानविरुद्ध पार्माको जित

काठमाडौं । इटालियन सिरी ए मा इन्टर मिलानले अर्को खराब प्रदर्शन गर्दै पार्मासँग हार व्यहारेको छ ।

शनिबार राति भएको खेलमा पार्माले मिलानलाई १-० गोल अन्तरले हराएको हो । खराब सुरुवात गरेको मिलानले एक जित र एक बराबरी खेल्दा दुई हार व्यहोरेको छ ।

इन्टरको घरेलु मैदान सान सिरोमा भएको खेलमा पार्माका लागि ७९ औं मिनेटमा फड्रिको डिमार्कोले गोल गरे । सिरी एमा उनको यो पहिलो गोल हो भने पार्माको पहिलो जित । इन्टरमिलानकै युवा टिमबाट आएका डिमार्को सिनियर टिममा मात्र एक खेलमा मौका पाए । त्यसपछि आस्कोली, एम्बोली, स्वीस क्लब सियोन हुँदै लोनमा यो सिजन पार्मा आएका हुन् । तर, पहिलो गोल नै पूर्वक्लबविरुद्ध गरेका छन् ।

अनलाइनखबर

बारेमा news

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस