बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका.१२ को गोन्द्राङमा शनिबार साँझ बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ५५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार नारायणगढबाट रत्ननगरतर्फ जाँदै गरेको बा१७च ५३४७ नंको बोलेरोले उनलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री