Tag Archives: प्रधानमन्त्री देउवा

तेजाव आक्रमण निरुत्साहित सरकारकाे पहिलाे प्राथमिकता: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन्। प्रधानमन्त्री देउवालाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरि अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानून बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताएको प्रवक्ता शर्माले जानकारी दिए। भेटमा प्रवक्ता शर्माले …

पुरा पढ्नुहॊस »

सामूदायिक विद्यालयले अब गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त गराउने सरकारको अभियानमा साथ दिन सम्बन्धित सबै पक्षलाई आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले सामूदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर अभिवृद्धिका लागि सरकारले विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको पनि बताए । जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालय भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गर्दै उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले त्यसका लागि आवश्यक स्रोत, …

पुरा पढ्नुहॊस »

संसद् कहिले सुचारु हुन्छ, ओलीजीलाई सोध्नूः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन। संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह …

पुरा पढ्नुहॊस »

एमसीसी उपाध्यक्ष फातिमा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ। प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको अर्थ मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालयले त्यससम्बन्धी विस्तृत विवरण शनिबार बिहान सार्वजनिक हुने बताएको छ। नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा …

पुरा पढ्नुहॊस »

तीज अवसरमा प्रधानमन्त्री देउवाको शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिए। भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको …

पुरा पढ्नुहॊस »