Tag Archives: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा गृह जिल्लामा व्यस्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उहाँले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै हुनुहुन्छ। सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा हुनुहुन्छ। उहाँले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसक्नुभएको छ। प्रधानमन्त्री देउवा कात्तिक २२ गतेसम्म जिल्लामा रहनुहुने कार्यक्रम तय भएको छ। उहाँ सातवटा चुनावीसभामा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन्। प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन्। बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख गरेका छन्। ‘बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाले आज विराटनगरकाे चुनावी सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ को राजधानी विराटनगर जाँदैछन् । चुनावी सभालाई सम्बोधन गर्न उनी जान लागेका हुन् । देउवाको सचिवालयले जनाएअनुसार उनी १० बजेपछि विराटनगर जानेछन् । कांग्रेसका मोरङ सभापति डिकबहादुर लिम्बुले मध्यान्ह १२ बजे विराटनगरको पुष्पलाल चोकमा चुनावी सभा आयोजना गरिएको बताए । सभालाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायतले पनि सम्बोधन गर्ने सभापति लिम्बुले जानकारी दिए । विराटनगर प्रदेश १ …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवाद्वारा विश्वनाथ मन्दिरमा पूजाअर्चना, आजै स्वदेश फर्किने कार्यक्रम

भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्। देउवा पत्नी डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतकाे उपस्थिति थियो । साथमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागी थिए। नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए। बनारसको भ्रमणपछि प्रधानमन्त्री देउवा स्वदेश …

पुरा पढ्नुहॊस »

राजघाट पुगेर प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल गई उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए। प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उनको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर पनि गरे । प्रधानमन्त्रीका साथमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नेछन्। पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले …

पुरा पढ्नुहॊस »

स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुन्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरि बनाइएको भिमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताएका हुन्। प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको बताए। उनले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा …

पुरा पढ्नुहॊस »

‘व्यापारघाटा घटाउने गरि कार्यक्रम बनाउनुस्’ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरि तथा व्यापारघाटा घटाउने गरि नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरि अघि बढ्न पनि निर्देशन गरेका थिए । उनले मन्त्रालय एवं माताहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन …

पुरा पढ्नुहॊस »

एमसीसी परियाेजना देश र जनताकाे हितमा छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन्। उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसीसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रम मात्र भएको पनि स्पष्ट गरे। उनले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैं मन्त्रिपरिषदमा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीद्वारा जनतालाई सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिकालाई आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन्। नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए। संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए। जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए। ‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ। वातावरण अस्वच्छ भएको छ। वातावरणमैत्री विकासको आवश्यकता छ। आफ्नो नगरपालिकालाई नमुना बनाउने गरि …

पुरा पढ्नुहॊस »