Tag Archives: अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्मासँग अमेरिकी सहयोग नियोग प्रमुखकाे भेटघाट

विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आउनुभएका अर्थमन्त्री जनार्दन शर्मा र अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमख प्रशासक समान्ता पावरबीच भेटघाट भएको छ। युएसएआडीको मुख्यालय वाशिङ्गटन डिसीमा भएको भेटघाटमा द्विपक्षीय हित र सहयोगका लागि मजबुद आधारशीला तय गर्ने विषयमा छलफल भएको थियो। भेटघाटमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक, सामाजिक विकासमा अमेरिकाले पुर्याएको सहयोगबारे प्रशंसा गर्नुभएको थियो। साथै अर्थमन्त्री शर्माले उक्त अवसरमा आगामी दिनमा नेपालको …

पुरा पढ्नुहॊस »

लामो समयसम्म फाइल अड्काउने प्रवृत्ति ठीक हाेइन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरि ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन्। बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै मन्त्री शर्माले लगानी बोर्ड पूँजी निर्माणमा अघि बढे मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए। बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले निजी क्षेत्रसँग छलफल गरि निर्यातमा आधारित परियोजनाका लागि पूँजी कोषको निर्माण गर्न बोर्डलाई सुझाव दिएका थिए। कूल ग्राहस्थ उत्पादन (जिडिपी) र पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने परियोजनाहरू …

पुरा पढ्नुहॊस »

आयोजनाको निर्माण अवधि बिल्कुलै लम्ब्याउनु हुँदैन: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छ। आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्तासँगको अन्तर्क्रियामा उनले सो आग्रह गरेका हुन्। आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै उनले आयोजनामा भएका समस्याहरू समयमै जानकारी गराउन आग्रह गरेका हुन्। फाइल नै अड्किँदा आयोजनाको समयावधि लम्बिने र घाटा हुने उल्लेख गर्दै उनले समय नै सबैभन्दा ठूलो पुँजी भएको बताए। “परियोजनाको समय बित्ने भनेको हाम्रो लगानी …

पुरा पढ्नुहॊस »

सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनु पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उनले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरे। “अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्”, उनले भने, “सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ।” उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट …

पुरा पढ्नुहॊस »

सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमाः अर्थमन्त्री शर्मा

बजेट कार्यान्वयनका विषयमा विभिन्न निकायहरुसँग छलफल गर्ने क्रममा अर्थ मन्त्रालयले आइतबार राष्ट्रिय योजना आयोगसँग छलफल गरेको छ। बैठकमा प्रतिस्थापन बजेटले प्रक्षेपण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पुँजीगत खर्च बढाउने र बजेटमा घोषित कार्यक्रमहरु तत्काल संचालन गर्ने गरी काम अघि बढाउनमा जोड दिइएको छ। छलफलमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने जानकारी दिए। ‘दिनमा एक …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री शर्मा भन्छन्, ‘सरकार फेरिएसँगै योजना र नीति फेरिने परिपाटी नै मुख्य समस्या हाे’

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ ले समग्र अर्थतन्त्र, सुशासन र मानव जीवनलाई प्रभावित तुल्याएको बताएका छन्। राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा मुलुकमा वित्तीय सुशासन र दिगो विकास लक्ष्यका अवस्थाबारे जानकारी दिँदै उनले अहिले सिर्जना भएको परिस्थिति सामना गर्न विकास लक्ष्य एवं योजनामा ठूलो सुधारको चुनौती र आवश्यकता औँल्याए। अर्थमन्त्री शर्माले भने, “विकास रणनीति, लक्ष्य निर्माण एवं कार्यान्वयन आफैंमा अन्तरविरोधी छन्, सरकार र मन्त्री परिवर्तन भएसँगै योजना र नीति …

पुरा पढ्नुहॊस »

बजेट आजैदेखि खुल्ने सम्भावना छः अर्थमन्त्री शर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ। सरकारले संसदको दुवै सदनबाट बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुने भएको छ। बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताए। सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए। अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजीगत …

पुरा पढ्नुहॊस »

केही समय खर्च गर्ने अवस्था नहुन पनि सक्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुन पनि सक्ने बताएका हुन्। उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको बताए। उनले भने–‘अब विधेयक पारीत गर्न छलफल, वार्ता, सहमति हामी गरिराखेका छौँ। सहमति हुँदा त्यसलाई हामी सहमति अनुसार पारीत गर्छौं । …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ। शनिवार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरवार पुगेकी हुन्। चार दिने नेपाल भ्रमणमा रहेकी उनले यस अघि एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, ऊर्जामन्त्री पम्फा भुसाल, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग पनि भेट गरिसकेकी छिन्।

पुरा पढ्नुहॊस »