खेल

हङकङ पुगेर पारसले भने- ‘जित बाहेक विकल्प छैन’

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध हुने खेलमा नेपालसँग जित बाहेक अर्को विकल्प नरहेको कप्तान पारस खड्काले बताएका छन् । ५० ओभरको दुई खेल खेल्न नेपाली टोली बुधबार बिहान हङकङ आइपुगेसँगै कप्तान पारसले यस्तो बताएका हुन् । हङकङ स्थित मिसन रोडको मोङ कङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा हङकङ र नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा शुक्रबार र आइतबार खेल्दै छन् । ‘च्याम्पियनसिपमा हामी यस्तो स्थितिमा आइपुगेको छ, जहाँ हामीलाई जित …

पुरा पढ्नुहॊस »

यू-१९ एसिया कपका लागि नेपाल छनौट

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ ।नेपालले फाइनलमा हङकङगलाई ५ विकेटले हराउंदै छनाेट हुन सफल भएकाे छ |

पुरा पढ्नुहॊस »

नेपालको लगातार तेस्रो जित

काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

पुरा पढ्नुहॊस »

नेपालको लगातार दोस्रो जित

काठमाडौं ।एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। नेपालले भुटानलाई ९ विकेटले हराएको हो ।भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरमा १ विकेट गुमाएर पार गर्‍यो। नेपालले जवाफि ब्याटिङ थालेकाे ३० मिनेटमा जित हात पारेको हो।

पुरा पढ्नुहॊस »

नेपालको शानदार जित

काठमाडौं । एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा  नेपालले थाइल्याण्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पारजित गरेको छ। नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।नेपालका सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए।  नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र  किशोर महतोले १/१ विकेट लिए। थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

पुरा पढ्नुहॊस »

नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य

काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर नेपालले ब्याटिङ गरेको ५० ओभरमा ६ विकेट गुमाएर २८१ रन बनायो । २८२ रनको टार्गेट थाइल्यान्डलाई दिएको छ ।

पुरा पढ्नुहॊस »

सगरमाथा र हिमालयन क्वाटरफाइनलमा

सगरमाथा क्रिकेट क्लब ललितपुर र हिमालयन क्रिकेट एकेडेमी शनिबार गणेशबहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ ट्वान्टी–ट्वान्टी क्रिकेटको क्वाटरफाइनल पुगेका छन् । सगरमाथाले रामारोशनलाई ६४ रन र हिमालयनले नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हराए । टुँडिखेल मैदानमा टस हारेको सगरमाथाले २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनायो । आदित्य बिकले ३१, सुनील थापाले २९ रन बनाए । रामारोशनका योगेश रावलले ३ र ऋतिक मगरले २ विकेट लिए । जवाफमा …

पुरा पढ्नुहॊस »

भारतसँग नेपाल पराजित

नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा  भारतसँग नेपाल पराजित भएको   छ । नेपालका लागि पहिलो हाफ अघि  ४०औँ मिनेटमा व्रिजेश चौधरीले गोल गरे । चौधरीले नेपाललाई अग्रता दिलाए ।  भारतका लागि ५९औ मिनेटमा लालरोकिमाले गोल गरे । तर नेपालको अग्रता धेरै बेल टिकेन सकेन  ।  ७४औँ मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेर भारतलाई अग्रता दिलाए ।

पुरा पढ्नुहॊस »

नेपाल र भारतबीच फाइलन खेल हुँदै,मध्यान्तरसम्मको खेलमा नेपालले १-० को अग्रता

काठमाडौं । नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले  पहिलाे गाेल गरेकाे छ । मध्यान्तरसम्मको खेलमा नेपालले १-० को अग्रता  लिएको छ ।नेपाली टिमले खेलकाे ४० अाैं मिनेटमा पहिलाे गाेल गरेकाे  छ । विशाल चौधरीले प्यानल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका हुन्।

पुरा पढ्नुहॊस »

माल्दिभ्समा किरणलाई म्यान अफ द म्याच

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी स्पोर्ट्स क्लबले शनिबार माल्दिभ्सको धिवेही प्रिमियर लिगमा जित दर्ता गरेको छ । लिगको तेस्रो खेलमा टि.सीले थिनाधु स्पोर्ट्सलाई  १-०ले पराजित गरेको हो । गोलरक्षक किरण खेलको म्यान अफ द म्याच चुनिएका थिए । किरणले खेलको १२औं मिनेटमा थिनाधुका फरवार्ड रिजुवानले १ भर्सेस १ को स्थितिमा गरेको प्रहार विफल तुल्याएका थिए । विजयी टोलीका लागि कर्नेलियस स्टेवार्टले ३९औं मिनेटमा गरेको गोल निर्णायक …

पुरा पढ्नुहॊस »