नेपाली क्रिकेटलाई आईसीसीको एकमहिने समयसीमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एक महिनाभित्र नेपाली क्रिकेटलाई नयाँ मोड दिने भएको छ । आफैंले बनाएको सल्लाहकार समितिसँग शनिबार भएको बैठकपछि आईसीसी यस्तो निचोडमा पुगेको हो ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसक्दै आईसीसीले गत वर्ष वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । त्यसपछि विनयराज पाण्डे, वसन्त चौधरी, चूडामणि पौडेल, चतुरबहादुर चन्द, अशोकनाथ प्याकुर्‍याल, दीपक कोइराला, पवन अग्रवाल, रोहित दाहाललाई समेटै क्यानको विधान तयार पार्न सल्लाहकार समिति बनाएको थियो ।

दुई महिनाअघि सल्लाहकार समितिले प्रस्तावित विधान आईसीसीलाई बुझाएको थियो । ‘विधानबारे प्रस्ट हुन आज (शनिबार) बैठक राखिएको थियो । असहमतिका विषयमा पनि छलफल भयो । धेरै विषयमा सहमति जुटेको छ,’ समितिका प्रवक्ता दाहालले भने । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा र वित्तीय शाखाका अमर शेख बैठकमा उपस्थित थिए ।

आईसीसीले आइतबार प्रेस विज्ञप्तिमार्फत बैठकको जानकारी गराउने बताइएको छ । स्रोतका अनुसार सल्लाहकार समितिलाई प्रस्तावित विधानमा एकजुट हुन एक महिनाको समय दिइएको छ ।

नत्र आईसीसीले आफ्नो हिसाबले अगाडि बढ्ने चेतावनी दिएको छ । निलम्बित क्यानको प्रतिनिधित्व गरिरहेका चन्द र प्याकुर्‍यालको वर्तमान क्यान कार्यकारी समितिले एक कार्यकालका लागि चुनावमा भाग लिन पाउनुपर्ने मागलाई आईसीसीले अस्वीकार गरिदिएको छ । सवै जिल्लाले साधरणसभामा भाग लिन पाउने भएको बताइएको छ ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस