सगरमाथा र हिमालयन क्वाटरफाइनलमा

सगरमाथा क्रिकेट क्लब ललितपुर र हिमालयन क्रिकेट एकेडेमी शनिबार गणेशबहादुर–प्राणमाया चित्रकार स्मृति कप यू–१९ ट्वान्टी–ट्वान्टी क्रिकेटको क्वाटरफाइनल पुगेका छन् ।

सगरमाथाले रामारोशनलाई ६४ रन र हिमालयनले नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले हराए । टुँडिखेल मैदानमा टस हारेको सगरमाथाले २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनायो । आदित्य बिकले ३१, सुनील थापाले २९ रन बनाए । रामारोशनका योगेश रावलले ३ र ऋतिक मगरले २ विकेट लिए । जवाफमा रामारोशन १५.४ ओभरमै ६५ रनमा अलआउट भयो । सगरमाथाका म्यान अफ द म्याच आयुष बानियाँले ५ विकेट लिए । अशोक गौतमले २ विकेट लिए ।

दोस्रो खेलमा हिमालयनले ८ विकेट गुमाई १ सय ३१ रन बनायो । पवन कार्कीले २१, आयुषमान बमले १९ रन बनाए । नेक्ससका मोविन शर्माले ४ र सागर घिमिरेले २ विकेट लिए । नेक्सस १९.५ ओभर खेल्दै ९२ रनमा अलआउट भयो । सागरले २३ र प्रियान्स श्रेष्ठले २१ रन बनाए । हिमालयनका रोशन अधिकारीले ४ र पवनले २ विकेट लिए ।

कान्तिपुरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेत्रहीन टी-२० विश्वकपमा नेपालको पहिलो जित

काठमाडौं । दृष्टिबिहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । …

प्रतिकृया दिनुहॊस