माल्दिभ्समा किरणलाई म्यान अफ द म्याच

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी स्पोर्ट्स क्लबले शनिबार माल्दिभ्सको धिवेही प्रिमियर लिगमा जित दर्ता गरेको छ । लिगको तेस्रो खेलमा टि.सीले थिनाधु स्पोर्ट्सलाई  १-०ले पराजित गरेको हो । गोलरक्षक किरण खेलको म्यान अफ द म्याच चुनिएका थिए ।

किरणले खेलको १२औं मिनेटमा थिनाधुका फरवार्ड रिजुवानले १ भर्सेस १ को स्थितिमा गरेको प्रहार विफल तुल्याएका थिए । विजयी टोलीका लागि कर्नेलियस स्टेवार्टले ३९औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो । त्यसपछि खेलमा केहि हावी देखिएको थिनाधुले गोल गर्ने अवसर सिर्जना गरेपनि बराबरी गर्न सकेन । टिसी स्पोर्ट्स ६ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

कान्तिपुरबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री