खेल

साफ महिला च्याम्पियनसीपको तयारी : समिति गठन गरी काम सुरु

मोरङ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा हुने साफ महिला च्याम्पियन्सीप २०१८ को तयारी सुरु भएको छ । यसका लागि सचिवालय समिति र मैदान व्यवस्थापन समिति गठन गरेको छ । विराटनगमा आयोजना हुने साफ तयारीका लागि दुईवटा समिति गठन गरिएको एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता किरण राईले जानकारी दिए। प्रवक्ता राईका अनुसार च्याम्पियन्सीपको समय नजिकिँदै गर्दा साफ च्याम्पियनसीपको तयारी अनुसार समितिद्वारा सचिवालय एन्फाका सह महासचिव बसन्त अर्यालको संयोजनमा पाँच …

पुरा पढ्नुहॊस »

टोटनह्यामसँग हार्‍याे आर्सनल, बर्नमाउथलाई हराउँदै चेल्सी सेमिफाइनलमा

कठमाडाैँ । इंग्लिस फुटबल प्रतियोगिता लिग कपको सेमिफाइनलमा चेल्सी र टोटनह्याम तथा म्यानचेस्टर सिटी र र्बुटोन अल्बियोनबीच प्रतिस्पर्धा हुनेछ । बुधबार राति भएको खेलमा चेल्सीले बर्नमाउथलाई हरायो भने आर्सनल टोटनह्यामसँग स्तब्ध बन्यो । रोमाञ्चक बनेको खेलमा आर्सनल टोटनह्यामसँग दुई शून्यले स्तब्ध बन्यो । खेलको २० औं मिनेटमा कोरीयन खेलाडी सङ हिउङ मिङले टोटनह्यामका लागि पहिलो गोल गरे । जुन गोलका कारण उसले पहिलो हाफमा एक  गोलको अग्रता बनायो । त्यसपछि …

पुरा पढ्नुहॊस »

रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा, बेलले गरे ह्याट्रिक

काठमाडौं । युरोपियन च्याम्पियन रियाल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युएईको आबुधाबीमा जारी प्रतियोगिताको सेमिफाइनलमा एसियाली च्याम्पियन कासिमा एन्टलर्सलाई ३–१ ले हराउँदै रियाल मड्रिड फाइनलमा पुगेको हो । जापानी फुटबल क्लब कासिमाविरुद्ध स्पेनिस क्लब रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले ह्याट्रिक गरे । रियाल मड्रिडले अब शनिवार हुने फाइनल खेलमा स्थानिय टोली अल आइन फुटबल क्लबसँग उपाधि भिडन्त गर्नेछ । आबुधाबीको अल आइनले आयोजक देशको लिग …

पुरा पढ्नुहॊस »

लेस्टर सिटीलाई पन्छाउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा

काठमाडौं । लेस्टर सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । काराबाओ कप पनि भनिने प्रतियोगिताको क्वाटरफाइनलमा म्यान्चेस्टर सिटीले लेस्टरलाई टाईब्रेकरमा हरायो । चोटका कारण लामो समयपछि मैदानमा फर्किएका केभिन डे ब्रायनले म्यान सिटीका लागि पहिलो गोल गरे । तर लेष्टरका म्याथ्यु अलब्राईटनले एक गोल फर्काउँदै खेल बराबरी गरे । अतिरिक्त समयमा दुबै टोलीले गोल थप्न नसकेपछि खेल टाई ब्रकेरमा पुग्यो । टाइ ब्रेकरमा म्यान सिटी …

पुरा पढ्नुहॊस »

युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक गरिएको छ । प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ चरणमा तीन वटा इङ्लिस क्ललबे तीन जर्मन क्लबसँग प्रतिस्पर्धा गर्ने भएका छन् । इङ्लिश क्लब लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग खेल्दा म्यान्चेस्टर सिटीले शाल्कासँग तथा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्नेछ । अर्को इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले भने फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई प्रतिद्वन्द्वी पाएको छ । यसैगरी, स्पेनिस क्लब …

पुरा पढ्नुहॊस »

बार्सिलोनाको शानदार जित, मेस्सीको ह्याट्रिक

काठमाडाैँ । स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि ५–० को भारी जित निकालेको छ । बार्सिलोनाको जितमा लियानल मेस्सीले ह्याट्रिक गरे । भ्यालेन्सियामा भएको खेलको ३० मिनेटसम्म बार्सिलोना बराबरीमा रोकिएको थियो । तर ३५ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । चोटबाट कमब्याक गरेका उनले लियानल मेस्सीको पासमा गोल गरे । त्यसपछि ४३ औं मिनेटमा लियोनल मेस्सी आफैँले गोल गर्दै टिमको अग्रता दुई शून्यमा पुर्‍याए । पहिलो हाफमा …

पुरा पढ्नुहॊस »

बार्सिलोनाको शानदार जित, मेस्सीको ह्याट्रिक

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनसँग पराजित भएको आर्सनलको तालिकामा अंक थप्ने योजना तुहिएको छ । आर्सनलविरुद्ध ३–२ गोलको जित निकालको साउथ ह्याम्पटन रेलिगेशन जोनबा बाहिर आएको छ । खेलमा बल पोजेशन ६६ प्रतिशत राखेपनि आर्सनल दुई पटकसम्म पछि परेको बेला गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । साउथह्याम्पटनको जितमा डेनियल विलियमले २ तथा चार्लि अस्टिनले एक गोल गर्दा आर्सनलका …

पुरा पढ्नुहॊस »

युनाइटेडलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लियो

काठमाडाैं । म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गोल अन्तरले हराएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभरपुलको जितमा जेर्दान सकिरीले दुई गोल गरे । खेलको २४ औं मिनेटमा साडियो मानेको गोलमार्फत लिभरपुलले खेलमा अग्रता बनायो । तर ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।खेल सकिन २० मिनेट बाँकी हुँदा लिभरपुल प्रशिक्षक जोर्गेन …

पुरा पढ्नुहॊस »

इपीएलमा आज ललितपुर र भैरहवा भिड्दै

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएलमा आज एउटामात्रै खेल हुने भएको छ । त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ । ज्ञानेन्द्रको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै आजको खेल जित्दै क्वाली फाइर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आज विजयी हुने टिम शीर्ष …

पुरा पढ्नुहॊस »

ग्राबियल जिससको गोलले म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएके खेलमा एभर्टनलाई ३–१ गोलअन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै रहिम स्टर्लिङले अर्को गोल थपेका थिए । एभर्टनका डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए । सिटीको जितमा जिससले खेलको २२ औं र ५० औं मिनेटमा गोल गरेका थिए । …

पुरा पढ्नुहॊस »