युभेन्ट्सलाई ९ अंकको अग्रता, रोनाल्डो पेनाल्टीमा चुके

एजेन्सी  । इटालियन सिरी ए फुटबलमा लिग लिडर  युभेन्ट्सले सहज निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले चिभोलाई ३ – ० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन डुग्लास कोष्टा, इम्री क्यान र ड्यानिली रुगानीले समान एक एक गोल गरे ।

खेलको १३ औ मिनेटमा कोष्टाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता बनाएको थियो । ४५ औ मिनेटमा क्यानले गोल गर्दै रियलको अग्रता २ – ० को बनाए । त्यसपछि खेलको ८४ औ मिनेटमा रुगानीले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।

युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने पेनाल्टीमा गोल गर्न चुकेका छन् । खेलको ५३ औ मिनेटमा पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न असफल भए । उनको प्रहार चिभोका किपर स्टेफानोले उत्कृष्ट बचाउ गरे ।

Juve's No 7 was unable to convert in the second half of their 3-0 Serie A victory on Monday

जितसंगै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता ९ अंकको बनाएको छ । युभेन्ट्सले २० खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको नापोलीको ४७ अंक छ । पराजित चिभो ८ अंकसहित लिगको पुछारमा छ ।

सिरी ए को अर्को खेलमा एसी मिलानले जिओनालाई २- ० गोल अन्तरले हराएको छ । मिलानको जितमा फाबियो बोरिनी र सुसोले एक एक गोल गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds