शीर्ष स्थानको बार्सिलोनालाई ५ अंकको अग्रता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

The Spanish giants are now 10 points clear of Real Madrid who are five points behind Atletico in second place

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले, लुइस स्वारेज र कप्तान लियोनल मेस्सीले एक एक गोल गरे । लेगानेसका मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।

क्याम्प नाउमा खेलको ३२ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५७ औ मिनेटमा मार्टिनले गोल गर्दै लेगानेसलाई खेलमा फर्काए ।

खेलको ७१ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता २ – १ को बनाए । त्यसपछि सब्सिच्युड बनेर मैदान छिरेका कप्तान मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ३ – १ को जित दिलाए । लेगानेसविरुद्ध पहिलो रोजाईमा नपरेका मेस्सी खेलको ६४ औ मिनेटमा कार्लेसको स्थानमा मैदान छिरेका थिए ।

Dembele takes it first time, cushioning a fine side-footed finish in off the right-hand post with his right foot

जितसंगै बार्सिलोनाले शीर्ष स्थानको अग्रता ५ अंकको बनाएको छ  । बार्सिलोनाले २० खेलबाट ४६ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४१ अंक छ । पराजित लेगानेस २२ अंक जोडेर १४ औ स्थानमा छ ।

ला लिगा अन्तर्गत अन्य खेलमा लेभान्टेले रियल भालडोलिडलाई २ – ० ले हराएको हराउदा रियल बेटिसले जिरुनालाई ३ – २ ले हराएको छ ।

त्यस्तै भिया रियल र एथ्लेटिको बिल्बाओले १-१ गोलको बराबरी खेल्दा रायो भालेकानो र रियल सोसिडाडले २-२ गोलको बराबरी खेलेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अन्तिममा सम्हालिन नसक्दा नेपाल क्यानडासँग पराजित

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग चार विकेटले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds