पिएसजीको जितमा काभानी र डी मारियाको गोल, नेयमार घाइते

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्टार्सबर्गलाई २ – ० गोल अन्तरले हराएर पिएसजी अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा स्टार स्ट्राइकर नेयामारले चोट बोकेको खेलमा पिएसजीले सहज जित निकालेको हो । पिएसजीलाई जित दिलाउन एडिन्सन काभानी र एन्जल डी मारियाले एक एक गोल गरे ।

पहिलो हाफको तेस्रो मिनेटमै काभानीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८० औ मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई २ – ० को सहज जित दिलाए ।

तर, नेयमारले चोट बोकेपछि पिएसजीलाई जित खल्लो भएको छ । खेलको ६० औ मिनेटमा दाहिने खुट्टाको एङ्कलको चोट बोक्दै नेयमारले मैदानबाट बाहिरिएका थिए ।

The Brazilian heavily limped off the field during PSG's French Cup match with Strasbourg

पिएसजीका प्रशिक्षक थोमस टुसेलले नेयमारको चोट चिन्ताजनक रहेको बताए ।

‘नेयमारको चोट चिन्ताजनक छ । किनकी उनले पहिलेको खुट्टा र पहिलेकै स्थानमा चोट बोकेका छन्,’ प्रशिक्षक टुसेलले भने ।

गत सिजन पनि नेयमार अहिले लागेकै चोटको कारण लामो समय मैदान बाहिर रहेका थिए । नेयमार रुस विश्वकप अघि मात्र मैदान फर्किएका थिए  ।

Neymar goes down under the challenge of Strasbourg's Tunisian midfielder Moataz Zemzemi

नेयमारले अब च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ मा म्यानचेस्टर युनाईटेडविरुद्धको खेल  गुमाउने छन् । पिएसजीले युनाईटेडसंग फेब्रुवरी १२ मा पहिलो लेग खेल खेल्दैछ  ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ …

प्रतिकृया दिनुहॊस