लेभान्तेलाई हराउँदै बार्सिलोना क्वार्टरफाईनलमा

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । दोस्रो लेगको खेलमा लेभान्तेलाई ३–० ले पराजित गर्दै बार्सिलोना समग्रमा ४–२ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो ।

अघिल्लो चरण प्रवेश गर्न बार्सिलोनालाई जित्नैपर्ने दबाब थियो । लेभान्तेले घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा बार्सिलोनालाई २–१ ले पराजित गरेको थियो ।
बार्सिलोनाको जितमा उसमान डेम्बेलेले २ तथा लियोनल मेस्सीले एक गोल गरे ।

खेलको ३० औ मिनेटमा पहिलो गोल गरेको डेम्बेलेले एक मिनेट पछाडी दोस्रो गोल थपेका थिए । खेलको ५४ औ मिनेटमा मेस्सीले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस