रोनाल्डोले दुई गोल गरे, तर युभेन्टसले जित्न सकेन

काठमाडाैँ । क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेर पनि आफ्नो टिम युभेन्टसलाई जिताउन सकेनन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिग लिडर युभेन्टस पार्मासँग ३–३ को बराबरीमा रोकिएको हो ।

खेलको ७४ औँ मिनेटसम्म ३–१ ले पछि परेको अवस्थाबाट माथि उठेर पार्माले घरेलु टोली युभेन्सटलाई बराबरीमा रोकेको हो । युभेन्टसका लागि ३६ औँ मिनेटमा रोनाल्डोले गोल गरे र पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६२ औँ मिनेटमा रुगानीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६४ औँ मिनेटमा बारिल्लाले पार्माका लागि एक गोल फर्काए । त्यसको दुई मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता ३–१ बनाए ।

तर खेलको अन्तिमतिर पार्माका गेर्विन्होले दुई गोल गरे । उनले ७४ औँ मिनेट र इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै पार्मालाई हारबाट जोगाए । बराबरीपछि शीर्षस्थानको युभेन्टसको २२ खेलबाट ६० अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा साम्पाडोरिएलाई ३–० ले हराएको दोस्रो स्थानको नापोलीको २२ खेलबाट ५१ अंक भएको छ । यस्तै अर्को खेलमा इम्पोली र किएभोले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ …

प्रतिकृया दिनुहॊस