खेल

लिगका लगातार १८ खेलमा अपराजित पिएसजी

काठमाडाैँ । फ्रेन्च लिग वान फुटबलको लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । पिएसजी लिगका १८ खेलमा अपरातिज रहेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ३–० ले हरायो । पिएसजीको जितमा एडिन्सन काभानी, केलियन एमबाप्पे र माक्र्विन्होसले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा भ्रमण टोली पिएसजीले ५७ औँ मिनेटमा पेनाल्टी पाएपछि गोलको खाता खोलेको हो । काभानीले …

पुरा पढ्नुहॊस »

महिला टी -ट्वान्टी स्मास क्रिकेट: नेपालको विजयी सुरुवात

काठमाडौं । थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटमा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा चीनलाई १० विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन । यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट …

पुरा पढ्नुहॊस »

कोउटिन्होले बार्सिलोना छाड्ने सम्भावना

एजेन्सी ।  इंग्लिस क्लब लिभरपुलका पूर्वखेलाडी एवं बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि मिडफिल्डरले क्लब छाड्ने हल्ला चलेको हो । कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा क्याटलान क्लब आएका कोउटिन्होको यस अवस्थालाई इंग्लिस क्लब …

पुरा पढ्नुहॊस »

लेभान्तेसँग पराजित भएपछि बार्सिलोना दबाबमा

काठमाडौं । स्पेनिस ‘कोपा डेल रे’ फुटबलको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सालाई लेभान्तेले २–१ ले हराएको हो । कठिन खेलमा लेभान्तेलाई विजयी गराउन एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे । पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए । हारसँगै दोस्रो लेगको खेलपूर्व बार्सिलोना केही दबाबमा आएको छ । किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ …

पुरा पढ्नुहॊस »

टोटनह्यामसँग चेल्सी पराजित, आज म्यान्चेस्टर सिटी र बुर्टन भिड्ने

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनल पहिलो लेगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा टोटनह्याम १–० ले विजयी भयो । खेलको २७ औं मिनेटमा टोटनह्यामका ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितसँगै टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लेगको खेलपूर्व चेल्सी दबाबमा आएको छ । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखका …

पुरा पढ्नुहॊस »

लिभरपुल एफए कप फुटबलबाट बाहिरियो

एजेन्सी । लिभरपुल जारी एफए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । सोमवार राति सम्पन्न भएको तेस्रो चरणको खेलमा लिभरपुल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलको ३८ औँ मिनेटमा उल्भ्सका लागि राउल हेमिनेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५१ औँ मिनेटमा लिभरपुलका लागि डिभोक ओरीगीले गोल गर्दै खेललाई …

पुरा पढ्नुहॊस »

लेस्टर सिटी र फुलह्याम पराजित

काठमाडाैँ । एफए कप अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी तेस्रो डिभिजनको क्लब न्यूपार्ट काउन्टीसँग पराजित भएको छ । न्यूपोर्ट काउन्टीको मैदानमा भएको एफए कपको तेस्रो चरणको खेलमा शीर्ष डिभिजन खेलिरहेको लेस्टर २–१ ले पराजित भयो । खेलको दशौं मिनेटमा जेमिल म्याटले गोल गर्दै न्यू पोर्टलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा रिचर्ड घेज्जालले गोल गर्दै लेस्टरलाई खेलमा फर्काए । तर त्यसको तीन मिनेटपछि नै न्यूपोर्टले पेनाल्टी पायो । पेनाल्टीलाई पाद्रेग …

पुरा पढ्नुहॊस »

म्यानचेस्टर सिटीकाे शानदार जित

काठमाडाैँ । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा रोथरह्याम युनाइटेडलाई ७–० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का गरेको हो । सिटीको जितमा रहिम स्र्टलिङ, ग्याबरियल जेसस, रियाद मेहरेज, वटामेन्डी र फिलिप वाल्टरले एक–एक गोल गर्दा एउटा गोल भने उपहार पाएको थियो । पहिलो हाफको १२ औं मिनेटमा केभिन डी ब्रुइनको सहयोगमा रहिम स्र्टलिङले सुरुआती गोल गरेका थिए …

पुरा पढ्नुहॊस »

आर्सनलको जितमा युवा स्टार जो र एलेक्सको गोल, पुग्यो चौथो चरणमा

काठमाडाैँ । आर्सनल एफएक कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरण अन्तर्गत शनिबार राति अवे मैदानमा भएको खेलमा ब्ल्याकपुलमाथि ३–० को जित निकाल्दै आर्सनलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा जो विलोकले दुई तथा एलेक्स इओबीले एक गोल गरे । १९ वर्षका विलोकले ११ र ३७ मिनेटमा गरी पहिलो हाफमा नै दुई गोल गरेका हुन् । यस्तै ८२ औँ मिनेटमा इओबीले गोल गरेपछि आर्सनल …

पुरा पढ्नुहॊस »

मेस्सी भन्दा नेयमार र एमबाप्पे मुल्यवान खेलाडी

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी भन्दा पेरीस सेन्ट जर्मेन (पीएसजी) का दुई स्टार नेयमार र केलियन एमबाप्पे सर्वाधिक मुल्यवान खेलाडी बनेका छन् । फुटबल बेन्चमार्क डटकमको एक अध्ययन अनुसार मेस्सीलाई पछि पार्दै नेयमार र एमबाप्पे मुल्यवान खेलाडी बनेका छन् । फुटबल बेन्चमार्कले अडिटर्स कम्पनी केपीएमजीसंगको सहकार्यमा गरेको अध्ययनले ब्राजिलियन फरवार्ड नेयमार सर्वाधिक मुल्यवान खेलाडी रहेका छन् । नेयमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । यस्तै फ्रान्सका युवा स्टार एमबाप्पे दोस्रो स्थानमा रहेका छन् । …

पुरा पढ्नुहॊस »