रोकियो लिभरपुल, उपाधि होडमा म्यानचेस्टर सिटी र टोटनह्यामलाई फाइदा

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा सबैभन्दा अघि रहेको लिभरपुल लिग अन्तर्गत सोमबार राति भएको खेलमा बराबरीमा रोकिएको छ ।

अवे मैदानमा भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा सुरुवाति अग्रता लिएर पनि लिभरपुलले त्यसलाई जोगाउन सकेन ।

२२ औँ मिनेटमा साडिओ मानेको गोलबाट लिभरपुलले अग्रता लियो । तर त्यसको ६ मिनेटपछि एन्टोनिओले वेष्ट ह्यामका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र लिभरपुल बराबरीमा रोकियो ।

यो बराबरीले उपाधि होडमा रहेका दोस्रो स्थानको म्यानचेस्टर सिटी तथा तेस्रो स्थानको टोटनह्यामको सम्भावनालाई बुस्ट गरेको छ । शीर्षस्थानको लिभरपुल १२ औँ स्थानको वेष्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएको हो ।

बराबरीपछि लिभरपुलको २५ खेलबाट ६२ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको तीन अंक कम अर्थात ५९ र तेस्रो स्थानको टोटनह्यामको पाँच अंक कम अर्थात ५७ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ …

प्रतिकृया दिनुहॊस