साम्बाको २ गोलमा भारतविरुद्ध नेपाल विजयी

काठमाडौँ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतविरुद्ध नेपाल २-१ ले विजयी भएको छ । शिलोङको जवाहरलाल नेहरू रङ्गशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दा स्ट्राइकर सावित्रा भण्डारीले दुवै गोल गरेकी हुन् ।

खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुवाती अग्रता दिलाइन् । नेपालले दोस्रो हाफमा पनि एक गोल थप्यो । ६३औँ मिनेटमा उनले सिधै प्रहार गरेको फ्रिकिकलाई भारतीय गोलकिपरले रोक्न सकिनन् ।

खेलको ८१औँ मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन् । तर, उक्त गोल जितका लागि पर्याप्त रहेन।

इरानले भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गर्दै उपाधि जितेको छ । सान्त्वना जित निकाल्न नेपालले सुरुवातदेखि नै भारतलाई दबाबमा राखेको थियो।

पछिल्लो समयम महिला फुटबलमा भारत विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । यसअघि नेपालले सन् २०१९ मा भारतमै भएको हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । भारतलाई उसैको मैदानमा नेपालले दोस्रो पटक पराजित गरेको हो ।

यस्तै काठमाडौंसमा सन् २०२२ र २०२४ मा भएको साफ महिला च्याम्पियनसिपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो । यो जितसहित पछिल्लो पाँच खेलमा नेपालले भारतसँग अपराजित छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री