रोहितको शतकीय इन्निङ्स सहयोगमा नेपालले बनायो २३३ रन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलको शतकीय इन्निङ्सको सहयोगमा नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ । बिहीबार यूएईको दुबईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल खडा गरेको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध रोहितले १०९ रन बनाएका हुन् । उनको करिअरको दोस्रो शतक हो। यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए ।

नेपालका लागि ओपनर आसिफ सेखले ४८ बलमा ३५ रन बनाए । आरिफ सेखले ४२ बलमा २७ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे । करण केसीले आठ बलमा एक चौका र एक छक्कासहित रन थपे । नेपालका अरू ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

यूएईका जाहिद अलीले समान तीन विकेट लिए । जुनैद सिद्दिकीले तीन विकेट लिए । मोहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए । पाल यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले पराजित भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री