नेपाल र भारतबिचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज

काठमाडौं । नेपाल र भारतबिचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज हुने भएको छ। यसअघि खेल बिहीबार हुने तय भएको थियो। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ।

यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो। सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलको सहयोगमा नेपालले सो खेलमा भारतलाई २–१ ले स्तब्ध बनाएको थियो।

भारतविरुद्ध आज हुने खेलमा भने साम्बाको उपस्थिति रहने छैन । उनीसहित अन्य दुई प्रमुख खेलाडी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई पनि सो खेलमा रहने छैनन् ।

व्यावसायिक फुटबल खेल्न कप्तान साम्बा अस्ट्रेलिया फर्किसकेकी छन्। यसैगरी अल इत्तिहाद क्लबमा आबद्ध प्रीति जोर्डन र निस अट्रोमिटोउबाट खेल्न एन्जिला ग्रिस प्रस्थान गरिन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री