चितवनविरुद्ध विराटनगरले टस जित्यो

काठमाडाै । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनजोविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय लिएका छन् ।

विराटनगर लगातार चौथो जितको लक्ष्यमा रहेकाे छ । यसअघि विराटनगरले पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । यता चितवन पनि दोस्रो जित चाहेकाे छ । यसअघि कर्णाली याक्सलाई पराजित गरेको चितवनले लुम्बिनी लायन्ससँग हारेकाे थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप