फ्रान्समा आपतकालीन सुरक्षा बैठक, संकटकाल घोषणाको तयारी

काठमाडौं । फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ ।

फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न सकिने बताएका छन् । उनले भनेका छन्, ‘सरकार फेरि यस्ता घटना नदोहोरियोस् भन्ने चाहान्छ, त्यसैले संकटकाल एक विकल्प हो ।’

इन्धनको मूल्यवृद्धिको विरोधमा फ्रान्सका हजारौं जनता सरकारविरुद्ध सडकमा उत्रिएका छन् । विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।प्रदर्शनमा सहभागीहरुले प्रहरीमाथि नै आक्रमण गरेको, सवारी साधन, भौतिक संरचनामा आगजनी तथा तोडफोड गरेका भिडियो टेलिभिजन च्यानलहरुले देखाइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले पनि बल प्रयोग गर्दै आएका छन् ।

शनिबारको प्रदर्शनमा एक सय भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा २३ जना सुरक्षाकर्मीसमेत रहेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ४०० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।प्रदर्शनकारीले फ्रान्सको प्रसिद्ध स्मारक अख द ट्रियोम्फमा क्षति पुर्‍याएका छन् । प्रदर्शनकारीले प्रसिद्ध स्मारकको भित्तामा सरकारको विरोधमा लेखिएका नारा सुरक्षाकर्मीहरुले मेटाएका छन् । अर्जेन्टिनामा आयोजित जी २० सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएलगत्तै राष्ट्रपति म्याक्रोले अख द ट्रियोम्फको अवलोकन गरेका थिए ।

सबै प्रदर्शनकारीहरु पहेंलो रंगको कपडा लगाएर सडकमा उत्रिएका छन् । उनीहरु डिजेलमा अत्यधिक कर वृद्धिप्रति निकै आक्रोशित देखिन्छन् । फ्रान्स सरकारले भने वातावरणमा प्रदुषणको मात्रा रोक्न डिजलको खपत कम गर्नुपर्ने भएकाले कर वृद्धि गरिएको बताउँदै आएको छ ।

प्रदर्शनको नेतृत्व कसले गरेको छ भन्ने पहिचान भएको छैन । कुनै नेता पनि छैनन् । तर, सामाजिक सन्जाल प्रयोगकर्ताहरुको आह्वानमा स्वतस्फूर्त मानिसहरुले विरोध प्रदर्शन चर्काउँदै लगेका छन् ।तर प्रदर्शनकारीहरुले भने जो व्यक्ति शहरभन्दा टाढा छ र ऊ घरबाट शहरसम्म आवत जावत गर्न आफ्नो कार चढ्न बाध्य छ, त्यो व्यक्ति करवृद्धिको मारमा परेकाले त्यसलाई हटाइनु पर्ने माग गर्दै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस