समाचार

यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति

काठमाडौं । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ । सो सहमतिमा गएराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हस्ताक्षर भएको हो । सहमतिमा एमाले अध्यक्ष ओलीले सुरुको दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ । देउवा र ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन संयुक्त रुपमा आह्वान गर्ने …

पुरा पढ्नुहॊस »

सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बिहान ९ बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा सत्ता साझेदारीका लागि कांग्रेस र एमालेबीच भएको सहमतिबारे छलफल हुनेछ । बैठकले एमालेसँग भएको सहमतिलाई पदाधिकारी बैठकले अनुमोदन गर्नेछ । यसअघि सोमबार मध्यराति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली र …

पुरा पढ्नुहॊस »

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण आज पनि केही स्थानमा भारी र अति वर्षाको सम्भावना रहेको हो । बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी …

पुरा पढ्नुहॊस »

रोल्पा दुर्घटनाका मृतक सबैको परिचय खुल्यो (नाम/ठेगाना)

काठमाडौं । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । दुर्घटनामा सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी रहेका छन् । सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको दुर्घटनामा मृत्यु भएको छ । परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली …

पुरा पढ्नुहॊस »

नयाँ सत्ता सहकार्य : ओली प्रधानमन्त्री बन्ने,कांग्रेस १० मन्त्रालयसहित सरकारमा जाने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । गएराति भएको सहमतीअनुसार दुई दलबीच सत्ता सहकार्य गर्ने सहमति भएको हो । दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ । पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नेछन् । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिएर सरकारमा जानेछ ।

पुरा पढ्नुहॊस »

रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौं । बालयौन दुरुपयोगमा दोषी ठहरिएका ‘कथित’ तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनबहादुर भण्डारीको इजलासले सोमबार सजाय निर्धारण गरेको हो । ‘इजलासले १० वर्ष कैद सजाय तोकेको छ’, जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले भने । योसँगै बमजनले पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने भएको छ । अदालतले बमजनबाट पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको श्रेस्तेदार अधिकारीले जानकारी दिएका छन् । बमजनविरुद्ध नामथर …

पुरा पढ्नुहॊस »

ओलीले एमालेका मन्त्रीलाई बालकोट बोलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरूलाई आफ्नो निवास बालकोट बोलाएका छन् । अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे बालकोटस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् । बालकोट स्रोतका अनुसार उनले मन्त्रीहरुलाई राजीनामा दिन लगाउने तयारी गर्न बोलाएका हुन् । नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सत्ता गठबन्धन बनाउने चर्चा भइरहेका ओलीले आज सबै मन्त्रीहरुलाई काठमाडौं उपत्यका नछाड्न र अलर्टमा बस्न निर्देशन …

पुरा पढ्नुहॊस »

विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर

काठमाडौँ । तारा एअरले गलत र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ । एअरले एक सूचना जारी गर्दै ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्कबीहिन’ भन्ने गलत सूचना भेटिएको जनाउँदै यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह समेत गरेको छ । साथै गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कारबाही अगाडि बढाउने समेत जनाएको छ ।

पुरा पढ्नुहॊस »

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५८ वर्षीय पुरुष पक्राउ

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

पाँच ‘डमी कम्पनी’मार्फत ३० अर्बको सुन तस्करी : सीआईबी

काठमाडौं । नेपालमा पाँच वटा नक्कली कम्पनीमार्फत करिब ३२ क्वीन्टल (३२ सय किलो) अवैध सुन तस्करी भएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँच वटा डमी कम्पनी खडा गरेर ३० अर्ब बढीको सुन तस्करी भएको पाइएको हो । भुजेल इलेक्ट्रिक्स सप्लायर्स प्रालीमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालीमार्फत ७१६.८३ केजीबाट सुन तस्करी गरेर भित्र्याइएको हो । यस्तै दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds