काठमाडाै । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र विधान सम्मत मान्यता दिएको छ। विशेष महाधिवेशनले चयन गरेका पदाधिकारीहरुको विवरण आयोगले अद्यावधिक गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको हाे ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेकाे जानकारी दिएकाे छ । यस्ताे निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भन्दै शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।
तपाईंको प्रतिकृया




