समाचार

आजसम्म राजीनामा दिन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाकारी दिए। तर एमालेले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई भने फिर्ता बोलाउने निर्णय गरेको छैन। यसैगरी, एमालेले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय …

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक, एमालेसँगको सहमति अनुमोदन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्नेछ ।   बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीसँगै सदस्यहरूलाई पनि बोलाइएको छ । बैठक एमालेसँग नयाँ सरकार गठनका लागि भएको सहमतिका विषयमा केन्द्रित हुने कांग्रेस नेताहरूले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिए कसरी अगाडि बढ्ने, राष्ट्रिय सहमतिको सरकारका लागि कसरी पहल गर्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।  

पुरा पढ्नुहॊस »

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले आज महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । अख्तियारमा मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै उजुरी परेको थियो । सोही उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले कार्यालयमा छापा हानेको हो । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णयसहितका कागजात नियन्त्रणमा लिएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

प्रचण्डलाई देउवाको जवाफ- अहिलेलाई सरी एमालेसँग मिलिसक्यौं

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालका लागि सहकार्य गर्न नसकिने जवाफ फर्काएका छन् । प्रचण्डसँगको टेलिफोन संवादमा देउवाले यस्तो जवाफ दिएका हुन् । देउवाको भनाई उद्धृत गर्दै एक नेताले भने,‘एमालेसँग मिलेर सरकार बनाउने सम्झौता गरिसक्यौं । प्रचण्डजी अहिलेलाई सरी ।’ एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि त्यसबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा नदिने …

पुरा पढ्नुहॊस »

गणतन्त्रका मियो गिरिजाप्रसाद कोइराला (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गरेको छ । पाँच पटकसम्म प्रधानमन्त्री बनेका कोइराला कांग्रेसका पूर्वसभापति हुन् । २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह थिए भने ०६२–६३ सालको जनआन्दोलनका महानायक गिरिजाप्रसाद कोइराला भए । यी दुवै आन्दोलनमा कांग्रेस र कम्युनिस्ट सँगै थिए । ०४८ सालपछि राजनीतिक छवि सफा नभएको भनी जनमानसमा आलोचित गिरिजाप्रसाद ०६३ सालपछि एकाएक सबैका स्वीकार्य …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे विमानस्थलका डिपाचरतर्फको सडकमा कार दुर्घटना भएको हो । पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएको ट्राफिक प्रहरीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए । उनकाअनुसार घाइतेको अवस्था गम्भीर रहेको छ । विमानस्थलमा मान्छे छाडेर आएको बा ०१०२७ च १५९० नम्बरको निजी कारले पार्किङमा रोकिराखेको बा ५ ६ ७२७५ …

पुरा पढ्नुहॊस »

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, मन्त्री फिर्ता बोलाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ,’ उनले भने, ‘अर्को सरकार बन्ने प्रक्रिया अघि …

पुरा पढ्नुहॊस »

सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर राष्ट्रिय समझदारी गरिएको बताएको छ । सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाश शरण महतले यस्तो बताएका हुन् । उनले एमालेसँग बृहत्तर राष्ट्रिय हितमा समझदारी बने बताए । ‘लोकतन्त्र र संविधान नै खतरामा परेको अवस्थामा प्रथम र दोस्रो दल एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकता बनेको हो,’ प्रवक्ता महतले भने, ‘सत्तामा जसरी पनि जानुपर्छ भन्ने …

पुरा पढ्नुहॊस »

बालेनको व्यंग्य- यो समय गिरिबन्धु चियाको हो

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेका बेला मेयर बालेनले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’  

पुरा पढ्नुहॊस »

एमाले-कांग्रेसको नयाँ सरकार बन्ने भएपछि रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौं । सत्ता समीकरण फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार साढे ८ बजेदेखि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सचिवालय बैठक बस्दैछ । सहमहामन्त्री बुर्लाकोटीले पछिल्लो राजनीतिक परिस्थितिबारे बैठकमा छलफल हुने जानकारी दिए । सोमबार मध्यरातमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले संविधान संशोधनको एजेण्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds