कालीकोटमा जिप दुर्घटना ३ जनाको मृत्यु एक बेपत्ता

कालीकोट । शुभकालिका गाउँपालिकास्थित ४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सेरी–पान्तडी सडकखण्डमा शुक्रबार बेलुकी करिब ६ बजेतिर जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले वताए।

तिलानदीकै किनारामा तीनजनाको शव फेला परेको छ। शेरीघाटबाट प्यासेफिक एण्ड शर्मिला कन्स्ट्रक्शनको इन्धन (डिजेल) बोकेर पान्तडीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। जिप दुर्घटना  परेर मृत्यु हुनेमा सोही निर्माण कम्पनीका जेसीबी अप्रेटर दैलेख जिल्ला आठबीस नगरपालिका साईगाँउ बस्ने शंकर कठायत, अर्का जेसीबी अप्रेटर अछाम जिल्ला घर भएका देपेन्द्र शाही, जेसीबीको हेल्पर कालीकोट शुभकालिका गाउँपालिका-२ भर्ता निवासी नवराज शाही छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री