काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ। महाराजगञ्जस्थित देउवा निवासमा दुइबीच भेटवार्ता भएको हो। भेटवार्तामा उपसभापति विश्वप्रकाश शर्मा पनि सँगै थिए।
स्राेतका अनुसार नवनिर्वाचित सभापति थापाले पार्टी विवाद समाधान गरेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउनुपर्ने देउवालाई आग्रह गरेका छन्।
तपाईंको प्रतिकृया




