समाचार

युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताए । ‘युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य …

पुरा पढ्नुहॊस »

संसद् बैठकमा कुनै पनि मन्त्री नगएपछि स्थगित

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ । बैठक सुरु भइसक्दा कुनै एक मन्त्री पनि उपस्थित नभएपछि बैठक स्थगित गरिएको हो । बैठक सुरु हुनासाथ कांग्रेसका सांसद रामकृष्ण यादवले संसद सञ्चालन हुँदा सरकारका कम्तीमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको भन्दै आजको बैठकमा सरकारका मन्त्री उपस्थित नरहेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका …

पुरा पढ्नुहॊस »

पहिरोमा पुरिएर जाजरकोटमा बालकको मृत्यु

child-death/एकै घरका दुई बालिकाको सर्पले डसेर मृत्यु

काठमाडाैं । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका-५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।  

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डलाई भेट्न विहानै बालुवाटार पुगे ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उनीहरूबीचको भेटवार्तामा समसामयिक विषयवस्तुमाथि छलफल भएको छ । प्रचण्ड र ओलीबीच आइतबार पनि भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए । शनिबार ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ३ घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि …

पुरा पढ्नुहॊस »

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सोमबार अपरान्ह ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोलगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गत पुसमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो । तर, तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेका …

पुरा पढ्नुहॊस »

नाउपामा विवाद : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो, प्रमुख सचेतकमा रेशमका बुबा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सदस्यले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका छन् । नाउपाका चार सांसदमध्ये तीन जनाले श्रेष्ठलाई हटाएका हुन् । उनीहरूले संसदीय दलको नेतामा गंगा चौधरीलाई चयन गरेका छन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी संसदीय दलको नेतामा चयन भएका हुन् । उनी यसअघि नाउपाको प्रमुख सचेतक थिए । योसँगै रञ्जित संसदीय …

पुरा पढ्नुहॊस »

जन्ती बस दुर्घटना हुँदा धनुषामा १५ जना घाइते

काठमाडौं । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो । राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ ।  राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयमा हाजिर गराएर उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने छ ।उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो । हिजो (शनिबार) बिदा भएकाले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्न लागिएको हो । उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । भुटानी शरणार्थी …

पुरा पढ्नुहॊस »

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन बिहान मृत फेला परेका हुन् । प्रहरीकाअनुसार उनी क्यासर पीडित थिए । यही असार १० गतेदेखि होटलमा बसेका उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र रहेको बाथरूममा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ । घटनाको सम्बन्धमा …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds