समाचार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ । ढाकास्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो । बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार अर्को सूचना जारी नभएसम्मका विद्यालयहरू बन्द हुनेछन् । त्यही कारण दूतावासले नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक …

पुरा पढ्नुहॊस »

महानगरले फेरि थाल्यो न्युरोडको फुटपाथ फराकिलो बनाउने काम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम फेरि सुरु गरेको छ । उच्च अदालतको आदेशपछि महानगरपालिकाले आजदेखि पुनः फुटपाथ फराकिलो बनाउने काम सुरु गरेको हो । यसअघि डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष …

पुरा पढ्नुहॊस »

बालेनको कविता- सत्यको कुनै पहिचान हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्यको कुनै पहिचान नहुने भन्दै कविता लेखेका छन् । सामाजिक सञ्जालमा उनले लेखेको कविता कोप्रति लक्षित हो भन्ने प्रष्ट नभएपनि आफूले गर्दै आएका काम र निर्णय सही रहेको दर्साउन खोजिएको जस्तो छ । बागमती नदी किनारमा रहेका बस्ती खाली गराउन सर्वोच्च अदालतले बाटो खोलाइदिएपछि उनका लागि सहज भएको कविताको भावबाट बुझ्न सकिन्छ । यसअघि उच्च अदालतले न्युरोड क्षेत्रको फुटपाथ बिस्तारको बाटो खोलिदिएको थियो …

पुरा पढ्नुहॊस »

गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

काठमाडौं । नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये मंगलबार साँझसम्म १७ जनाको शव फेला परेको छ । दुर्घटनाको ४ दिन बितिसक्दा बेवत्ता ६२ जनामध्ये १७ जनाको शव भेटिएको हो । मंगलबार भेटिएका ४ शवमा गणपति डिलक्स बसका चालक र सहचालकको पनि छ । काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका-६ का ३५ वर्षीय किशोरकुमार चौधरी र …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीको अनुरोध- सकेसम्म मेसेन्जरमार्फत सन्देश पठाउनू, भेटमा खादा-मालाको प्रयोग नगर्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर बधाई दिन नआउन शुभेच्छुकहरूलाई आग्रह गरेका छन् । नयाँ सरकार गठनसँगै बधाई दिन बालुवाटार र सिंहदरबारमा भिड लाग्न थालेपछि प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् । उनले मेसेन्जरमार्फत बधाई दिन भन्दै भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गरेका छन् । ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ,’ …

पुरा पढ्नुहॊस »

मुगुमा गयो भूकम्प, आसपासका जिल्लामा धक्का

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौं । मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत २६ असारमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।  

पुरा पढ्नुहॊस »

६ प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू : मौसम विभाग

काठमाडौं । देशभर हाल आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिमका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णालीका केही …

पुरा पढ्नुहॊस »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ । आज सनातन धर्मावलम्बीहरू आँगनमा तुलसी रोपी भगवान् विष्णुको पूजा-आराधना गरी मनाउने गर्छन् । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा विशेष पूजा हुने गर्दछ । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमै निखारता पनि ल्याउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

जब छोराबुहारीले वृद्ध बुवालाई जंगलमा लगेर छाडिदिए

काठमाडौं । मोरङको बेलबारीमा आफ्नै छोराबुहारीले मध्यजंगलमा लगेर छाडिदिएका एक वृद्धलाई वनकर्मीले उद्धार गरेका छन् । बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रबाट मंगलबार ७० वर्षीय जामुनलाल झांगडलाई चार दिनपछि उद्धार गरिएको हो । हेरालु टोलीले वनबाट उद्धार गरी बेलबारी नगर अस्पताल भर्ना गराएका छन् । वन समितिका अध्यक्ष दिनेश गिरीका अनुसार ४ दिनअघि छोराबुहारीले मोटरसाइकलमा बसाएर उनीलाई बिच जंगलमा लगेर छाडिदिएका थिए । वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds