सुनको मूल्य २ हजार ७०० रुपैयाँले बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १७० रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ५१० रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप