समाचार

अस्पतालको तीन तलाको झ्यालबाट हाम फालेका वृद्धको मृत्यु

काठमाडौँ । चितवन स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पतालमा भर्ना भएको जनाइएको छ । आज बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलाको झ्यालबाट खसेका …

पुरा पढ्नुहॊस »

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । द्वारिका होटल एन्ड रिसोर्टकी अध्यक्षसमेत रहेकी श्रेष्ठको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज निधन भएको उनको परिवारले जनाएको छ । निमोनिया र बाथ रोगबाट पीडित श्रेष्ठ दुई महिनादेखि उपचाररत थिइन् । विगत ६५ वर्षदेखि होटल तथा पर्यटन व्यवसायमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । होटल तथा पर्यटन व्यवसायी श्रेष्ठले चार …

पुरा पढ्नुहॊस »

फ्रिजमा जोडेको तारबाट करेन्ट लाग्दा लक्ष्मीको मृत्यु

कैलाली । कैलालीमा आफ्नै घरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । बुधबार लम्कीचुहा नगरपालिका–२ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो । घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।    

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र नागरिक लगानी कोषलाई ४३ करोड भुक्तानी

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा भेटिएका १९ मध्ये १४ शवको परिचय खुल्यो

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका …

पुरा पढ्नुहॊस »

जापान पठाइदिने भन्दै ८० लाख ठगी गर्ने एक महिला पक्राउ

तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास-१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मंगलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका-५ घर भई हाल पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षिया रूपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको तनहुँका प्रहरी …

पुरा पढ्नुहॊस »

मौसम विभागले भन्यो- ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ, सतर्कता अपनाउनू

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयले महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको जानकारी दिएको छ । बडाल २०७७ चैतदेखि २०७८ असारसम्म महान्यायाधिवक्ता थिए ।

पुरा पढ्नुहॊस »

पहिलो महिला कायममुकायम मुख्यसचिव बनेर गड्तौलाले रचिन इतिहास

काठमाडौं । नेपालको निजामती प्रशासनले पहिलोपटक महिला कमान्डर पाएको छ । केपी शर्मा ओली सरकारको पहिलो क्याविनेटले निमित्त मुख्यसचिव लीलादेवी गड्तौलालाई कामुको जिम्मेवारी दिने निर्णय गर्‍यो । निजामती क्षेत्रको इतिहासमा २६ जना मुख्यसचिवले प्रशासनिक कमाण्ड सम्हालेका छन् । तीमध्ये गड्तौला पहिलो महिला कामु मुख्यसचिव बनिन् । असार १७ गते नेकपा एमाले र माओवादी गठबन्धन भत्केपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका कयौं निर्णय प्रमाणित गर्न दिएको दबाव अस्विकार गरेकी गड्तौलालाई …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds