समाचार

रुकुम पश्चिममा बाढीले घर घगाउँदा पुरिएका तीन बालिकाको शव निकालियो

काठमाडौं । रुकुम पश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका-१२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्कीको शव निकालिएको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय …

पुरा पढ्नुहॊस »

सिमलताल दुर्घटना, हालसम्म १५ शव भेटिए

काठमाडाैं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन । नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा …

पुरा पढ्नुहॊस »

साउनको पहिलो दिन पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो लागेको जानकारी दिए । ‘साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । पशुपतिनाथ मन्दिरमा …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरको श्रम बैंकबाट ९११ जनाले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमार्फत ९ सय ११ जनाले रोजगारी पाएका छन् । महानगरले ३ सय २९ जनालाई निजी र ५ सय ८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो । तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई तालिम तथा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यको मेयर बालेन शाहले उल्लेख गरेका छन् । ‘काठमाडौं महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तिमा १५ हजार जनालाई …

पुरा पढ्नुहॊस »

रुकुम पश्चिममा खोलाले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक बेपत्ता

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खोलाले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । गएराति नगरपालिकाको वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको हो । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । नजिककैको झिन्चौर खोलाले बगाएर ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको उनले जानकारी दिए । यही …

पुरा पढ्नुहॊस »

आज पनि भारी वर्षाको सम्भावना, कुन प्रदेशमा कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बिहान साधरणतया देशभर बदली रही मधेश, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको एक/दुई …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखमय नै हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचार प्रणालीमा एकरूपता ल्याउने र स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सबैलाई समेट्ने योजना ल्याउने दुई निर्णय गरेका छन् । साथै उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने बताए । मन्त्री पौडेलले मितव्ययिताका …

पुरा पढ्नुहॊस »

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । ओलीको प्रधानमन्त्री नियुक्ति संविधान बमोजिम नभएको भन्दै ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संविधानको धारा ७६(२) अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ प्रधानमन्त्री नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओलीले लिए शपथ: सिंह र पौडेल उपप्रधानमन्त्री, अरू मन्त्री को हुन् ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् । प्रतिनिधिसभाको ठूलो दल कांग्रेसको समर्थन पाएका एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रिमण्डल गठन भएको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds