पिपुल फर्स्ट पार्टीले जनायो उम्मेदवारमाथि भएको आक्रमणको घटनाप्रति विरोध

काठमाडौं । पिपुल फर्स्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति विराेध जनाएको छ ।

पिपुल फर्स्ट पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको ठहर गरेका छन् ।
निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको बातावरणप्रति शंका उब्जिएको पनि उनले जनाएका छन् । उक्त घट्नामा संलग्न जो कोहि भएपनि आवश्यक खोजी तथा छानविन गरि दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । साथै हमलामा घाईते भएका उम्मेदवारको उपचार तथा पुर्ण सुरक्षाको व्यवस्था मिलाउन हामी सरकार संग जोडदार माग समेत गरेका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री