विराटनगर ।मोरङको विराटनगर–४मा निर्माणाधीन अवस्थामा रहेको म्याजिक चप्पल कारखाना भवनको पर्खाल भत्किँदा १ को ज्यान गएको छ भने अन्य ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही कारखानामा कार्यरत दुहबी–१३, सुनसरीकी ४५ वर्षीया कलावतीदेवी चौधरी भएको प्रहरीले जनाएको छ ।घाइते हुनेमा ५० वर्षीय रतन माझी, दुहबी भलुवा २५ वर्षीय रमेश मण्डल र ३५ वर्षीय वीरनारायण चौधरी छन् ।उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
पुरा पढ्नुहॊस »प्रादेशिक राजधानी माग्दै धनकुटा बन्द
धनकुटा। एक नम्बर प्रदेशकाे राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै बिभिन्न कार्यक्रमहरू गर्दै अाएकाे धनकुटाबासीहरूले साेमबार जिल्ला बन्दकाे अावहान गरेका हुन । बन्दका कारण धनकुटामा ठुला तथा साना सवारीहरू चलेका छैनन भने ब्यापार ब्यवसाय समेत ठप्प बनेका छन । प्रादेशिक राजधानीका लागि हरेक हिसावले धनकुटा उपयुक्त भएरपनि सरकारले राजधानी तोक्न आनाकानी गरेको भन्दै धनकुटामा चरणबद्ध आन्दोलन भईरहेको छ ।
पुरा पढ्नुहॊस »सगरमाथाको उचाइ नाप्ने सबै तयारी पूरा
काठमाडौँ ।सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ ।सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने अन्तिम तयारी सकिएको छ । सरकारले मापनका लागि दुई करोड रूपैयाँ विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर …
पुरा पढ्नुहॊस »आज यस वर्षकै सबैभन्दा जाडो, अझै घट्छ तापक्रमः मौसमविद
आज यो वर्षकै सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ । मौसमविद शान्ति कँडेलका अनुसार शुक्रबार विहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ ।उनको भनाइअनुसार यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । शुक्रवार पश्चिम …
पुरा पढ्नुहॊस »अमेरिकी डिजे नआउँदा क्लब डेजाभुमा तोडफोड
काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराति तोडफोड गरेका छन् । क्लबमा अमेरिकन डिजे मार्समेलोको कार्यक्रम तय थियो । तर, अन्तिम समयमा डिजेले स्वास्थ्यको कारण देखाउँदै कार्यक्रममा नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।प्रहरीले समयमानै स्थिति नियन्त्रणमा लिएको कारण ठूलो दुर्घटना हुन पाएन ।
पुरा पढ्नुहॊस »गगन थापा दक्षिण अफ्रिकामा
काठमाडौँ । काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित काँग्रेस नेता सांसद तथा पूर्वस्वास्थमन्त्री गगन थापा दक्षिण अफ्रिका गएका छन् । थापा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको उच्चस्तरीय स्वास्थ्य प्रणालीबारे ल्यान्सेट आयोगको एक विशेष बैठकमा भाग लिन त्यहाँ पुगेका हुन् । काँग्रेस नेता थापाले सामाजिक संजाल ट्वीटरमार्फत आफू साे बैठकमा सहभागी भएको तस्वीर पोष्ट गरेका छन् । यो आयोगमा संसारभरिबाटै विद्धत वर्ग, नीतिनिर्माता तथा स्वास्थ्यप्रणालीका जानकारहरु सहभागी रहेका छन् । आयोगले …
पुरा पढ्नुहॊस »लोकसेवाले माग्यो ३ सय भन्दा बढी अधिकृत
काठमाडौं । सरकारले निजामती सेवाका विभिन्न तहमा राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको लागि दरखास्त अह्वान गरेको छ ।लोकसेवाले देशबाट ३९० जना शाखाअधिकृको विज्ञापन प्रकाशन गरेको छ ।आयोगले आज मसिंर २८ गते बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै खुला तथा समावेशीमा दरखास्त खुला गरेको छ । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६ पद र महिलाका ५९ पदमा दरखास्त खुला गरेको छ । …
पुरा पढ्नुहॊस »मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल
काठमाडौं । देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना सकिएसँगै समानुपातिकको गणना पनि बिभिन्न जिल्लामा सकिएको छ । मतगणना सकिएसँगै प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ । समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल …
पुरा पढ्नुहॊस »१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् । त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् । अब स्याङजाको क्षेत्र नं. …
पुरा पढ्नुहॊस »समानुपातिकामा एमाले र काँग्रेसको कडा टक्कर
काठमाडौं । प्रत्यक्ष तर्फ करिब ५० प्रतिशत सिट जितेको नेकपा(एमाले) समानुपातिक तर्फ पनि पहिलो स्थानमा देखिएको छ । समानुपातिक तर्फको प्रारम्भिक मतगणना अनुसार एमाले ३ लाख ४१ हजार ६ सय ३२ मत सहित पहिलो स्थानमा छ । एमालेलाई पछ्याईरहेको काँग्रेसको समानुपातिक मत ३ लाख ३८ हजार १ सय ९१ रहेको छ । निर्वाचन आयोगले सोमबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार समानुपातिक तर्फ काँग्रेस भन्दा एमाले जम्मा ४ हजार ४ …
पुरा पढ्नुहॊस »