बुटवलमा आजबाट दोश्रो राष्ट्रिय औद्योेगिक प्रदर्शनी सुरु हुँदै

बुटवल । बुटवलमा आजबाट दोश्रो राष्ट्रिय औद्योेगिक कृषि तथा पर्यटन प्रबर्द्धन प्रदर्शनी-२०७४ सुरु हुँदै छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलको आयोजनामा हन लागेको मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नेछन् ।

 

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण तथा ब्यापार विविधिकरण’ भन्ने मूल नाराका साथ कात्तिक १८ गतेसम्म सञ्चालन हुने मेलाको सबै तयारी पूरा भएको मेला मूल आयोजक समितिका संयोजक खेम श्रीसले जानकारी दिए ।

११ दिनसम्म चल्ने यो प्रदर्शनीमा कृषि, पर्यटन तथा औधोगिक उत्पादनका स्वदेशी तथा विदेशी बस्तुहरुको प्रदर्शनी गरिनेछ ।

दैनिक उपभोग्यबस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औधोगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाइल्स, सूचना प्रविधि तथा इलोक्ट्रनिक्स, टेक्सटाईल, गार्मेन्ट तथा फुटवेयर, फर्निचर तथा फर्निसिङका समग्री, बैंक तथा वित्तीय, होटल तथा रेष्टुरण्ट, वाल उद्यान लगायतका ३ सय ५० वटा स्टलहरु सहभागी रहेका छन् ।

मम्मी डान्स आईडल

यस प्रदर्शनीलाई थप रोचक बनाउन आमाहरुको नृत्य प्रतियोगिता -मम्मी डान्स आईडल) पनि आयोजना गरिएको छ ।

छोराछोरी जन्माइसकेका आमाहरुले नृत्य प्रतियोगितामा भाग लिन पाउने आयोजकले बताएका छन् । मम्मी डान्स आईडल प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

प्रतियोगिताको प्रथम पुस्कार यमाहा कम्पनीको स्कुटर राखिएको छ भनेे दोस्रो पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार तथा सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ।

यस्तै प्रदर्शनीमा खुल्ला गायन प्रतियोगिता पनि आयोजना गरिएको छ । खुल्ला गायन प्रतियोगितामा प्रथम हुनेलाई यमाहा कम्पनीको स्कुटर दोस्रो हुनेलाई ५० हजार रुपैयाा र तेस्रो हुनेलाई ३० हजार रुपैयाँको पुरस्कार राखिएको छ ।

मेलामा विषेश आकर्षणको लागि कुस्ती खेल समेत आयोजना गरिएको सांस्कृतिक संयोजक गोविन्द गैरेले जानकारी दिए ।

मेला अवधिमा तीन दिन कुस्ती प्रतियोगिता हुनेछ । जसमा भारतीय महिला र पुरुष पहलमानहरुको छुट्छुटै कुस्ती प्रतियोगिता हुनेछ ।

मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरुलेे दर्शकलाई भरपुर मनोरञ्जन दिने गैरेले उल्लेख गरे ।

मंगलबार विविध झांकीसहितको प्रचार र्‍यालीले बुटवलका विभिन्न स्थान परिक्रमा गरी मेला स्थल बुटवल मण्डपमा समापन गरिएको प्रचारप्रसार संयोजक यमलाल मरासीनीले बताए ।

२ लाख दर्शकले मेला हेर्ने अनुमान गरिएको छ भने ३० करोडको कारोबारको लक्ष्य राखिएको छ ।

अनलाइनखबरबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री