अपडेटः पेनाङ घटनामा नेपालीको ज्यान गएको खवर छैनः दूतावास

पेनाङ । ८ जनाको ज्यान जानेगरी आज बिहान मलेसियाको पेनाङ शहरमा भएको दुर्घटनामा नेपालीको ज्यान गएको अहिलेसम्म पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

दूतावासका दृतिय सचिव प्रेमराज गौतमले भने- नेपाली कामदार बोकेको बस पनि दुर्घटनामा परेको भन्ने खवर आएको छ, तर नेपाली कामदारको ज्यान गएको पुष्टी भएको छैन् ।’

घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उनले जनाकारी दिए ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ ।

सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।

मृत्युहरु महिला कामदार रहेको बताइएपनि उनीहरुको राष्ट्रियता भने अहिलेसम्म खुलाइएको छैन् ।

अनलाइनखबरबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री