मेरो कार्यकालमा अहिले जस्तो खुलेआम भ्रष्टाचार थिएन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारको खुलेआम गतिविधि नभएको बताएका छन् ।

मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित विघटित प्रतिनिधि सभा सदस्यहरूको बैठकमा बोल्दै उनले वर्तमान अन्तरिम सरकारको तुलनामा आफ्नो सरकारमा खुलेआम भ्रष्टाचारको घटना नघटेको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले ऊर्जा मन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम उल्लेख गर्दै विद्युत् खरिदमा करोडौँको घोटाला भएको आरोप पनि लगाए ।

उनले थपे, ‘आफू नेतृत्वको सरकारमा केही भ्रष्टाचार भए पनि अहिलेको अन्तरिम सरकारमा जस्तो कुशासन र चरम भ्रष्टाचार भएको थिएन।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री