समाचार

धनगढी जाने हवाई यात्रुले लगेजमा ‘स्प्राइट’ राखेपछि…

काठमाडौं । धनगढीका लागि उड्न लागेको श्री एयरलाइन्सको एसएचए २२१ उडान नम्बरको ९ एनएएनएस विमान एक्कासि धावनमार्ग नजिकबाट पार्किङमा फर्काइएको छ । एक यात्रुले ब्यागमा बोकेको ‘स्प्राइट’को बट्टा फुटेर गन्ध आउन थालेपछि विमान फर्काइएको हो । धावनमार्गमा पुगेको जहाज ‘इन्डिकेटर’ले चेतावनी दिएसँगै उडान स्थगित भएको थियो । जहाजमा धूवाँ देखिएको सूचना बाहिरिएपनि एयरलाइन्सले अस्वीकार गर्दै यात्रुले लगेजमा ‘स्प्राइट’ बोकेको कारण इन्डिकेटरमा देखिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले बताए । यात्रुले …

पुरा पढ्नुहॊस »

गृहमन्त्री लामिछानेले हुकुमी शासन चलाउन खोजे, यसलाई रोकौं : रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे । ‘उपप्रधानमन्त्रीको ट्विट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,’ उनले भने, …

पुरा पढ्नुहॊस »

मोर्टर चलाएर नुहाउने क्रममा करेन्ट लाग्दा ६० वर्षका वृद्धको मृत्यु

काठमाडौं । सर्लाहीको मुर्तियामा नुहाउने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका–३ का ६० वर्षीय रत्नबहादुर डिमडोङको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सर्लाहीकै बरहथवा नगरपालिका–९,पैँतालिसबिघास्थित हिमाल लामाको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए । चापाकलको मोर्टर चलाएर नुहाउन खोज्दा करेन्ट लागेर डिमडोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटै फर्काइयो

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाटफर्काइएको छ । आज बिहान ८ :२५ मा उड्नसपर्ने जहाजमा समस्या आएपछि धावनमार्ग नजिकैबाट फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थल सुरक्षा स्रोतका अनुसार एसएचए २२१ उडान नम्बरको एनएएनएस जहाज धावनमार्ग फर्काइएपछि धनगढीका लागि अर्को जहाज पठाउने तयारी भएको छ ।

पुरा पढ्नुहॊस »

सशस्त्र प्रहरीले भेट्यो स्रोत नखुलेको १ करोड १ लाख नगद

काठमाडौं । सशस्त्र प्रहरी बलको एक टोलीले हुन्डिको आशंकामा १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । सुनसरी जिल्लाको हरिनगर गाँउपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले जेठ १९ गते शनिबार राती घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा१६च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो । बरामद भएको रकममा १ हजार दरको नोट ९ …

पुरा पढ्नुहॊस »

यौन दुर्व्यवहारको आरोप लगाउनेविरुद्ध कानुनी उपचार खोज्छु : निर्मल पुर्जा

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् । काठमाडौंको एक होटलमा निर्मल पुर्जाले आफूमाथि जबरजस्ती वस्त्रहरू खोलेर यौन सम्पर्क गर्न खोजेको भन्दै दुर्व्यवहारको आरोप लगाएकी छन् । एक वर्षअघि २०२३ को मार्चमा काठमाडौं आएको बेला पुर्जाले आफूमाथि यस्तो दुर्व्यवहार गरेको ती युवतीको आरोप छ । तर लोताले गत डिसेम्बरमा …

पुरा पढ्नुहॊस »

यी क्षेत्रमा पर्दैछ पानी (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हावाहुरीको पनि …

पुरा पढ्नुहॊस »

यार्सा संकलनमा गएका चार जनाको लेक लागेर मृत्यु

काठमाडौं । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान …

पुरा पढ्नुहॊस »

निर्मल पुर्जामाथि महिला आरोहीले लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले पुर्जामाथि यौन दुर्व्यवहारको आरो लगाएकी हुन् । अमेरिकाको पत्रिका ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै हिन्स्टाले सन् २०२३ को मार्च ३० मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुर्व्यवहार गरेको बताएकी हुन् । गत डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ-२’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds